पाल्पा — जिल्लामा आगो ताप्ने क्रममा जलेर एक जनाको निधन भएको छ । प्रहरीका अनुसार जिल्लाको बग्नासकाली गाउँपालिका २ पोखराथोक बस्ने वर्ष ७३ को गौकुमारी श्रेण्ठ आफ्नै घरमा आगो ताप्ने क्रममा जलेर निधन भएको हो ।
उहाँको घरमा आगो ताप्ने क्रममा १८ गते अचानक दुवै खुट्टा र हात जल्न गई उपचारको लागि मिसन अस्पतालमा उपचार भइरहेकोमा आज २७ गते विहान निधन भएको प्रहरीले जनाएको छ ।













