चैत्र ,११
पहाडी भेगका विभिन्न स्थानहरुमा फागु पर्वलाई उमंगका साथ मनाइएको छ। बगनासकाली गाउँपालिका २ को ऐतिहासिक लालपाटी क्षेत्रमा विशेष सास्कृतिक कार्यक्रम सहित राष्ट्रिय तथा स्थानिय कलाकारहरु संग होली खेली पाल्पा बासीहरुले होली मनाएका थिए । ऐतिहासिक लालपाटी क्षेत्रमा लोप उन्मुख फागु नाच र झ्याउरे गित समेतको प्रस्तुति रहेको थियो । ता न पा ७ प्रभासको कमल पोखरी क्षेत्रमा बंश गोपाल युवाकलव द्धारा फागु बिशेष कार्यक्रम मनाईएको थियो । जहा महिला तथा पुरुष घैटो फुटाउने कार्यक्रम समेत संचालन गरेको थियो । घैटो फुटाउने कार्यक्रममा सफल हुने लाई नगद पुरस्कार वितरण गरीएको युवा कलवले जनाएको छ । साथै तानसेनका अन्य क्षेत्र हरुमा कलव तथा संघ संस्थाहरुले होली बिशेष कार्यक्रम आयोजना गरी मनाएका थिए । आज भने तराई क्षेत्रमा होली मनाईदै छ । होली पर्वलाई रङगै रङगको पर्व पनि भन्ने गरीन्छ ।













