चैत ११ गते । रंगैरगको पर्व होली, आज देशको पहाडी भेगमा उल्लासपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइन्छ । साथीभाई, आफन्त मिलेर रङ लगाउने, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो ।
पाल्पा जिल्लामा विभिन्न स्थानहरुमा सामूहिकरूपमा होली खेल्ने र विशेष रमाइलो गर्ने गरिन्छ । जिल्लाका विभिन्न क्लव, संघ संस्थाहरुले होली विशेष कार्यक्रमहरु समेत राख्ने गरेका छन् । राष्टिय कलाकाहरु संगै होली विशेष कार्यक्रमहरु जिल्लाको लालपाटी,प्रभास क्षेत्र, तानसेन बसपार्क,चिदीपानी लगाएतका क्षेहरुमा विशेष रमाइलो हुने गरेको छ ।
फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिँदै नाचगान पनि गरिन्छ ।
होलीपर्व सभ्य र व्यवस्थित बनाउन जिल्ला प्रहरी कार्यालय पाल्पाले सुरक्षा संयन्त्रलाई बलियो बनाएको बताएको छ । जिल्ला प्रशासन कार्यालयको सुचना अनुसार अनुमतिबिना कसैलाई पनि रङ लगाउन नपाइने, लोला हान्न नहुने, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउन नपाइने सहायक जिल्ला प्रमुख भक्ति सरा रानाले जानकारी दिनु भएको हो । यदि कसैले नियम विपरीत गरेमा तत्काल कारबाही गरिने उहाँले बताउनु भएको हो ।













