सेलीब्रेटी संग वन कार्यक्रम अन्र्तगत डिभिजन वन कार्यालय पाल्पाले विभिन्न कार्यक्रमहरु संचालन गर्दे आएको छ ।यस आर्थिक वर्षमा प्रदेश सरकारको सहयोगमा डिभिजन वन कार्यालय पाल्पाले ४ वटा कार्यक्रम संचालन गर्न लागेको हो । जस अन्र्तगत २ वटा कार्यक्रम सम्पन्न भैइसकेको र २ वटा संचालन हुन लागेको डिभिजन वन कार्यालय पाल्पाका योजना शाखा अधिकृत यमलाल पोखरेलले जानकारी दिनु भयो ।
वन वातावरण सम्बन्धी सचेतनामूलक कार्यक्रम संचालन गर्नको लागी डिभिजन वन कार्यालय पाल्पाले सेलीब्रेटी संग वन कार्यक्रम राख्दा उपलब्धी मूलक हुने हेतुले यो कार्यक्रम संचालन गर्दे आएको पोखरेलले वताउनु भयो ।
विभिन्न मेला तथा उत्सवहरुमा डिभिजन वन कार्यालय पाल्पाले समन्वय तथा सहयोग गर्दे सेलीब्रेटी संग वन कार्यक्रम संचालन गर्दे आएको छ । यहि फागुन ११ गते पनि पाल्पाको लालपाटिमा फागुपुर्णिमाको दिन विभिन्न राष्ट्रिय कलाकारका साथमा वन संग सेलीब्रेट तथा विविध सांस्कृतिक कार्यक्रम हुन लागेको छ । भने आगामी चैत्र २६ गते देखि निस्दीमा हुनलागेको महोत्सवमा पनि बन संग सेलीब्रेटी कार्यक्रम रहेको पोखरेलले जानकारी दिनु भयो ।
विभिन्न सांस्कृतिक तथा मेला महोत्सव संग सहकार्य गरि ४ वटा कार्यक्रम मार्फत ५० हजार भन्दा बढि दर्शक र वन उपभोक्ताहरु बिच राष्ट्रिय स्तरका कलाकार र सेलिब्रेटिहरु मार्फत वन,वातावरण र जैबिक बिबिधता संरक्षण सम्बन्धी सचेतना फैलाउने उद्देश्य रहेको डिभिजन वन कार्यालका पाल्पाका अधिकृत नारायण देव भट्टराईले वताउनु भयो ।एउटै कार्यक्रमलाइ पनि जिल्लाका ४ विभिन्न स्थानहरु चुरे क्षेत्रमा पर्ने दोभान, पुर्बको निस्दी, माडी क्षेत्र र राम्दी क्षेत्रमा सन्चालन गरि वनको महत्व बुझाउने प्रयास गरिएको डिभिजन वन कार्यालका पाल्पाका वन ब्यबस्थापन अधिकृत संयोग बस्नेतले जानकारी दिनु भयो । यस कार्यक्रम मार्फत उपभोक्ताहरुमा वन संरक्षण प्रतिको उत्साह र अपनत्व बढेको पाइनुका साथै कार्यक्रममा जिल्लाका उच्च पदस्थ ब्यक्तित्वहरु एवम् ख्याति प्राप्त कलाकारहरुको सहभागिता रहने गरेको डिभिजन वन कार्यालका पाल्पाका योजना अधिकृत रामचन्द्र लामाले वताउनु भयो ।











