पाल्पा । शान्तिका लागि साझा अभियान (कोक्याप) को आयोजनामा नागरिक समाजको अवस्था विश्लेषण तथा मानव अधिकारकर्मीहरुको संरक्षण सम्बधी परामर्श कार्यक्रम तानसेनमा सम्पन्न भएको छ ।
कार्यक्रममा शान्तिका लागि साझा अभियान कोक्यापका केन्द्रिय अध्यक्ष पुष्ष भुषालले मानवअधिकार आयोगलाई राज्यले अधिकार सम्पन्न बनाउन नखोजेको बताए । कार्यक्रममा मानव अधिकार अभियन्ता डा. राम बहादुर राउतले मानव अधिकारका कार्यक्रम सरकारका लागि दवाबपूर्ण रुपले गर्न नसकिएकोलनेपाली यूवाहरु रोजगारको अधिकार बाट वञ्चित हुन परेको बताए । नेपाल बार एसोसियसनका अध्यक्ष विनोद कार्कीले मानव अधिकारवादी संस्थाहरु राजनितिक दलबाट मुक्त हुन नसेको बताए । कोक्याप लुम्बिनी प्रदेश अध्यक्ष रिमा बिसीले राज्यलाई जवाफदेही गराउन मानव अधिकारबादीहरुको महत्वपूर्ण भूमीका रहने बताईन ।
कार्यक्रममा अधिवक्ता शालिकराम घिमिरे, अधिवक्ता नारायण ज्ञवाली, दलित अधिकारकर्मी ठाकुर लोहागुन, पत्रकार कृष्ण पोखरेल लगायतले समाजमा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरु मानव अधिकार बाट वञ्चित भएको विषयमा जोड दिए । कार्यक्रममा कार्यकारी निर्देशक सरोज नेपालले मानव अधिकार सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । https://youtu.be/qDvEvULo3OE?si=Pknk_s6zmWJtoGOk