पाल्पा - बगनासकाली गाउँपालिकामा उद्घोषण तथा क्षमता विकास तालिम सुरु भएको छ । वडा स्तरीय महिला संजालको आयोजनामा उद्घोषण तथा क्षमता विकास तालिम संचालन भएको हो । तालिममा सिकेका कुराहरुलाई ब्यावहारमा उतारेर ठाउँ ठाउँमा गई कार्यक्रम संचालन गर्ने उद्देश्यले ३ दिने उद्घोषण तथा क्षमता विकास तालिम बगनासकालीमा संचालन गरीएको हो । वडा स्तरीय महिला संजालको आयोजनामा संचालन भएको तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै बगनासकाली गाउँपालिकाका वडा नं १ का वडा अध्यक्ष शेर बहादुर चिदीले सहभागि सबैलाई सिकेको सीपलाई ब्यावहारमा उतार्ने गरी आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । कार्यक्रममा यस आर डि सि पाल्पा तानसेनका चोपलाल गिरीले क्षमता विकास तालिम सिकेर आफुले निडरभई आत्मा विश्वासका साथ क्षमतालाई प्रदर्शन गर्नु पर्ने बताउनुु भयो । आफूले सिकेको सीपलाई ब्यावहारमा परिवर्तन ल्याउनु पर्ने बगनासकाली गाउँपालिका वडा नंं.१ की महिला सन्जाल सदस्य विष्णु माया चिदीले बताउनु भयो ।
तिन दिन सम्म चल्ने कार्यक्रममा प्रशिक्षक पत्रकार विष्णु प्रसाद घिमिरेले प्रशिक्षण दिनुभएको हो । कार्यक्रम संचालन महिला संजालकी भगवती बस्यालको अध्यक्षतामा भएको थियो ।











