पाल्पा — चौथो संस्करणको अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता रैनादेवी छहराको कटौजेपानी खेलमैदानमा सोमबारबाट सुरु भएको छ ।
रैनादेवी छहरा गाउँपालिकाको आयोजना र जिल्ला भलिबल संघ पाल्पाको समन्वयमा सुरु प्रतियोगिताको पूर्वमन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य बीर बहादुर रानाले उद्घाटन गरेका हुन् ।
५ गते देखि ७ गते (३ दिन) सम्म चल्ने प्रतियोगिताको उद्घाटनको पहिलो खेलमा रैनादेवी छहरा गाउँपालिकाले तिनाउ गाउँपालिकालाई २–१ सेटले पराजित गरेको छ । भने दोस्रो तानसेन नगरपालिका र बगनासकाली विचको खेलमा तानसेनलाई सोझो सेटमा बगनासकालीले हराएको हो ।
प्रतियोगीतामा जिल्लाका १० वटै स्थानीय तहहरुको सहभागीता रहेको र लिककप नकआउटको आधारमा खेल खेलाइएको रैनादेवी छहरा गाउँपालिका युवा तथा खेलकुद विकास समितिका संयोजक नारायण कार्कीले वताए ।
प्रतियोगितामा पहिलो हुनेले नगद रु ७५ हजार, दोस्रोले नगद ४५ हजार, तेस्रोले नगद ३० हजार र सान्तवनाले नगद १५ हजार रुपैया , ट्रफी र प्रमाणपत्र पाउने छन् ।