संगिता आचार्य
चैत्र ६, मंगलबार
पाल्पा,माथागढी गाउँपालिका वडा नंं ७,रहवास निवासि फान बहादुर राना नेपाल प्रहरीअस्पताल काठमाडौमा उपचार गराई रहेका छन् । रानालाई कलेजोको समस्या देखा परेपछि आर्थीक समस्याले सताई रहेको छ । नेपाल प्रहरी सहायक हवल्दार फान बहादुर राना अकस्मात बिरामी भए पछि नेपाल प्रहरी अस्पताल काठमाडौ पुगेका रानाको जन्डिस बिग्रेर लिभरमा समेत संक्रमण भएको राना परिवारले जनाएको छ ।
रानालाई ३० वर्षको उमेरमै कलेजोमा समस्या देखा परे पछि काठमाडौको अस्पतालमा भर्ना गरीएको डेढ महिना भैसकेको छ । अहिले सम्म पनि रानाको स्वास्थ्यमा परिर्वतन नआएको दाजु राम बहादुर रानाले बताउनु भयो । नेपाल प्रहरी सहायक हवल्दार पदमा कार्यरत रहेका राना अकस्मात सामान्य विरामी भई अस्पताल पुगेका रानालाई अहिले रोग बढ्दै गयपछि कलेजोमा समेत पूर्ण असर भएको रानाका परिवारले बताए। रानाको उक्त कलेजो प्रत्यारोपणको लागि ठूलो धनराशिको रकम आवश्यक पर्ने अस्पताल स्रोतले जनाएको छ । आफुसंग भएका सबै पैसा अहिले सम्मको उपचारमा खर्च भैसक्यो, अब भने उपचार गर्ने बाटो नभएको रानाले बताउनु भयो । राना परिवारले सहयोगको लागि सबै संग अपिल गरेका छन् । रानाको सहयोगको लागि राष्ट्रिय बाणिज्य बैंकको खाता नं.३१२०१०००००५२३१०४ वा फोन नं ९८२४७२२८३३ मा गर्न सकिने परिवारले जनाएको छ ।











