पाल्पा,२ चैत्र
संगिता आचार्य
पाल्पा तानसेनको त्रिभुवन बहुमुखि क्याम्पस अगाडि टि.भि.एस सोरुम संचालनमा आएको छ । टि.भि.एस सोरुम संचालन गर्नको लागि पाल्पाका युवा समाज सेवी कुमार श्रेष्ठले झण्डै ५० लाखको हाराहारीमा लगानी लगाउनु भएको हो । बिदेश गएर अरुको देशमा पसिना बगाई कमाउने पैसा आफ्नै देशमा बसी बसी कमाउन सकिन्छ भन्ने सोच राखी सोरुम संचालन गरेको श्रेष्ठले वताउनु भयो । आफ्नौ देशमा बसेर रोजगारी सिर्जना आफै गरीयो भने सफल बन्न सकिने श्रेष्ठको मान्यता रहेको छ। श्रेष्ठले सोरुममा विभिन्न किसमिका टि.भि.एसका स्कुटर,बाईक तथा सवै पाट्स पुर्जाहरु उपलब्ध हुने जानकारी दिनु भयो । स्थानिय युवाहरुलाई समेत रोजगारीको अवसर प्रदान गर्दे तानसेनको लहरेपिपल क्याम्पस गेट अगाडी श्रेष्ठले टि.भि.एस सोरुम संचालन गर्नु भएको हो ।
टि.भि.एस सोरुमबाट नेपाली बजारको माग र आवश्यकतालाई मध्यनजर गरी विभिन्न भेरियेन्टका मोटरसाइकल,स्कुटर बिक्री सुरु गरेको छ । केही महिनाअघि नेपाली बजारमा आएको नयाँ मोडलको मोटरसाईकल,स्कुटरहरु यस सोरुममा रहेको सोरुमका संचालक श्रेष्ठ बताउनु हुन्छ । टि.भि.एसका मोटरसाइकलको लोकप्रियता वढे संगै तानसेनमा पनि सोरुम संचालनमा ल्याएको श्रेष्ठको भनाई छ । अब टि.भि.एसका मोटरसाइकल किन्न अन्त धाइरहनु पर्ने बाध्यता हटेको छ । यस अगि तानसेनमा सोरुम नभएका कारण टि.भि.एसका ग्राहकहरु अन्त जानु पर्ने थियो ।












