पाल्पा, २२ फागुन
प्रथम तानसेन महोत्सवको पाचौं दिन बुधवार दिउसो २ वजे देखि चर्चित राष्ट्रिय लोक गायक गायिकाको प्रस्तुती रहने छ । बुधवारको मुख्य आर्कषकका रुपमा पछिल्लो समय निकै नै चर्चा कमाउन सफल आधुनिक गायिका रचना रिमालको रहने छ । नेपाल आइडल सिजन ३ हुदै चर्चा वटुल्दै हरेक दर्शक स्रोताको माझ चर्चित बन्न सफल उनी अहिले देश विदेशका हरेक कार्यक्रममा व्यस्त छिन् । उनको प्रीति, फोटो फिरिममा, मिनिरल वाटर जस्ता दर्जनौ रिमालका गीतहरु बजारमा चर्चित छन् । रिमालको साथ साथै लोक गायक श्रीकृष्ण क्षेत्री , लोक गायिका लालुमाया कुँवर, मोडल तथा डान्सर बबिता धिताल, लोक गायक तथा उद्घोषक रुपेश कार्की साथै विभिन्न कलाकेन्द्रहरुको नृत्य प्रस्तुती रहने कार्यक्रमका कलाकार संयोजक सुमित कुमार घिमिरेले जानकारी दिनु भयो । मंगलवार चर्चित लोक गायिका शिला आलेको प्रस्तुतीले मेलामा थप रौनकता थपेको थियो । पर्यटन र कृषिको माध्यमवाट रोजगारको पहिचान र सिर्जना तथा आन्तरिक राजश्वको प्रवद्धनका लागी तानसेन नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार नगरपालिकावाट प्रथम ऐतिहासिक महोत्सव आयोजना गरिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । फागुन १९ देखि सुरू भएको महोत्सव २९ गते सम्म सञ्चालन हुनेछ ।