पाल्पा, २२ फागुन
प्रथम तानसेन महोत्सवको चौथो दिन आज दिउसो २ वजे देखि चर्चित राष्ट्रिय लोक गायक गायिकाको प्रस्तुती रहने छ ।
आजको मुख्य आर्कषकका रुपमा चर्चित लोक गायिका शिला आले, चर्चित लोक गायक नविन पौडेल, लोक गायक तथा उद्घोषक रास्कोटी मगर,लोक गायिका तथा उद्घोषक कल्पना कुसुम साथै पाल्पा डान्सीङ २०२३ सुमि शाक्यको प्रस्तुती रहने कलाकार संयोजक सुमित कुमार घिमिरेले जानकारी दिनु भयो ।
मेलामा रहेको स्थानिय उत्पादनका वस्तु तथा कृषि सामाग्रीहरुले थप रौनकता थपेको छ ।
पर्यटन र कृषिको माध्यमवाट रोजगारको पहिचान र सिर्जना तथा आन्तरिक राजश्वको प्रवद्धनका लागी तानसेन नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार नगरपालिकावाट प्रथम ऐतिहासिक महोत्सव आयोजना गरिएको तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले बताउनुभयो । फागुन १९ देखि सुरू भएको महोत्सव २९ गते सम्म सञ्चालन हुनेछ ।











