पाल्पा, २३ फागुन
प्रथम तानसेन महोत्सवको छैठौं दिन विहीवार दिउसो २ वजे देखि चर्चित राष्ट्रिय लोक गायक गायिका साथै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती हेर्न पाइने छ ।
विहीवारको मुख्य आर्कषकका रुपमा पछिल्लो समय निकै नै चर्चा कमाउन सफल लोक गायक, मोडल तथा सर्जक रामजी खाँड, चर्चित लोक गायिका सम्झना लामिछाने आउनु हुने छ ।
साथै मोडल तथा डान्सर रुबिना अधिकारी, लोक गायक सन्तोष पृथि , लोक गायिका सम्झना रणपाल, लोक गायिका रुपा नेपालीको प्रस्तुती हेर्न पाइने छ । भोलीको कार्यक्रमको होस्ट भने कुशल संचालीका बिन्दु कार्कीले गर्ने छिन् । साथमा विभिन्न कलाकेन्द्रहरुको नृत्य प्रस्तुती रहने कार्यक्रमका कलाकार संयोजक सुमित कुमार घिमिरेले जानकारी दिनु भयो ।
पर्यटन र कृषिको माध्यमवाट रोजगारको पहिचान र सिर्जना तथा आन्तरिक राजश्वको प्रवद्धनका लागी तानसेन नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार नगरपालिकावाट प्रथम ऐतिहासिक महोत्सव आयोजना गरिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । फागुन १९ देखि सुरू भएको महोत्सव २९ गते सम्म सञ्चालन हुनेछ ।