पाल्पा–पाल्पामा राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता सुरू भएको छ । पालिकास्तरीय खेल सकिएपछि जिल्लास्तरीय प्रतियोगिता सुरू भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक घिमिरेले जानकारी दिनुभयो ।
खेलमा जिल्लाका १० पालिकाबाट ५ सय बढी खेलाडीहरू सहभागी छन् । प्रतियोगिताको उद्घाटन लुम्विनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगर वसन्तले गर्नुभएको हो । खेल माघ २५ गतेसम्म हुनेछ ।














