पाल्पा–जिल्लाको माथागढी गाउँपालिका स्वास्थ्य शाखा अन्र्तगत रहेको चिदीपानी आयुर्वेद औषधालयले विद्यालय आयुर्वेद स्वास्थ्य योग शिक्षा तीन दिने कार्यक्रम सम्पन्न गरेको छ । पालिकाका दुई माद्यामिक विद्यालयका आठ शिक्षकहरूलाई उक्त प्रशिक्षणमुलक शिक्षा दिइएको हो । आयुर्वेद र योग शिक्षाको विषयमा विद्यार्थीहरुलाइै प्रशिक्षित पार्ने काम शिक्षकबाट हुने र समुदाय शिक्षक बिद्यार्थी मार्फत प्रभाकारी हुने भैरहेको प्रमुख प्रशिक्षक डाक्टर रोमहर्ष नेपाल जानकारी दिनुभयो ।
विद्यालयमा पुगेर विद्यार्थीलाई आयुर्वेद र योगका फाइदा र आफ्नै क्षेत्रमा उत्पादित जडिबुटी प्रयोगका वारेमा उक्त कार्यक्रम केन्द्रित रहेको उहाँको भनाई छ । सचेतनामुक कार्यक्रममा विशेष गरि घरेलुु जडिबुटीलाई महत्त्व दिन विशेष जोड दिएको छ प्रशिक्षण यज्ञप्रसाद गैरे बताउनुभयो। स्वास्थ्यको लागि हितकर वैज्ञानिक रुपमा समेत फाइदा हुने जनाएको छ । चिदीपानीको सौभाग्य मा बि रूप्सेको कर्णधार मा बि लाई आयुर्वेद स्वास्थ्य र योग शिक्षाका विषयमा शिक्षकलाई दिएको प्रशिक्षण एंवम औषधालय प्रमुख अमृत भण्डारी बताउनुभयो ।
शिक्षकलाई स्वास्थ्य सम्बन्धि जानकारीमुलक प्रशिक्षण तथा तालिमले राम्रो हुने विद्यार्थीलाई योग आशानबाट हुने फाइदा र एलोपेथिक आयुर्वेद औसधि प्रयोग गर्दा स्वास्थ्यलाई हुने फाइदाका वारेमा वढि प्रशिक्षित पार्ने काम हुने सिकेको कुरा अनिवार्य हप्ताको एक पटक योग प्रशिक्षण बिद्यार्थी भएको नभएको अनुगमन हुने वडा अध्यक्ष राजकुमार पन्थी बताउनुभयो ।













