पाल्पा–नेकपा एमाले पाल्पाको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम तानसेनमा सुरू भएको छ । मङ्गलबारदेखि सुरू भएको प्रशिक्षणमा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवाली उद्घाटन गर्नु भएको थियो ।
एमाले पाल्पाको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुक परिवर्तन गर्ने एक मात्र पार्टी एमाले रहेको भन्दै पार्टीसँगै नेता पनि आधुनिक हुनुपर्ने बताउनुभयो।
"पछिल्लो समय आधुनिक प्रविधिले फड्को मार्दै गएको छ। यिनै प्रविधिसँग खेल्न सक्ने युवा राजनीतिमा आउन थालेका छन्। अझै पनि अधिकांश नेता पुरानै शैलीमा रहेका छन", उहाँले भन्नुभयोल ‘व्यक्ति समयअनुसार परिवर्तन हुनुपर्छ। आधुनिकतासँगै घुलमिल हुने क्षमता वृद्धि गर्नेतर्फ लाग्नुपर्छ। समय सापेक्ष बन्न नसके अब जनताले विश्वास गर्दैनन्।’अब एमाले पार्टीको नेतृत्व गर्न वा कुनै पनि निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्न पार्टीले परीक्षा लिने उहाँले बताउनुभयो।
"उर्तीण नभए टिकट पाउँदैन। आधारभूत पाठ्यक्रम निर्माण गरेर आवश्यकताअनुसार परीक्षा लिइनेछ। स्थानीय तहका लागि आधारभूत, प्रदेशका लागि माध्यमिक र केन्द्रीयका लागि उच्च माविस्तरको परीक्षा सञ्चालन हुनेछ। नेतालाई स्थानीय, प्रदेश र संघीय सरकार सञ्चालन गर्ने क्षमता अभिवृद्धिका लागि पार्टीले अहिले प्रशिक्षण सञ्चालन गरिरहेको छ। पार्टीले आगामी दिनमा पाठ्यक्रम निर्माण गरेर नियमित परीक्षा लिने योजना रहेको छु"उहाँले भन्नुभयो, "आफूले राजनीति के का लागि गरेको होरु कसका लागि गरेको होरु निर्वाचित भएपछि जनता, समाज, राष्ट्रका लागि के गर्न सक्छुरु भन्ने कुनै योजना निर्माण गर्न नसक्ने व्यक्तिले पार्टीको हितमा काम गर्न सक्दैन। विगतमा कार्यकर्ता भेला गरेर भाषण मात्रै गर्ने चलन थियो। अहिले आफ्नो योजनाबारे जनतालाई स्पष्ट पार्न सक्नुपर्छ।"
तीन दिनसम्म कक्षा नै सञ्चालन गरेर पार्टीको नीति, सिद्धान्त, विचार, सरकारमा नेतृत्व लिएपछि के गर्दा जनता, राष्ट्र र राष्ट्रियताको हितमा काम गर्न सकिन्छरु भन्नेबारे स्थानीय तहका नेतालाई समेत पढाउने काम भइरहेको उपमहासचिव ज्ञवालीले बताउनुभयो।
कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्याल, केन्द्रीय पार्टी स्कुल विभाग सदस्य वाइपी आचार्यले सहजीकरण गर्ने एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले बताउनुभयो।
तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षक प्रशिक्षण तालिममा जिल्लाका करिब सय बढी नेताको सहभागिता रहेको छ।













