बुटवल–लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले संविधानले दिएको अधिकारको अलमलले विद्यालय तहको शिक्षा धरापमा पर्दै गएको टिप्पणी गर्नुभएको छ । बुटवल ११ मा रहेको प्रगत माध्यमिक विद्यालयको रजत महोत्सव समापन कार्यक्रममा आईतबार बोल्दै उहाँले मावि तहसम्मको अधिकार स्थानीय तहको भएपनि शिक्षकहरुको दरबन्दीको अधिकार केन्द्र सरकारमा रहँदा विद्यालय तहको शिक्षा अलमलमा परेको बताउनु भयो । नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षा अधिकार हेर्ने जिम्मेवारी स्थानीयल सरकारलाई दिएकाले बढि भार भयो भन्ने गुनाशो आउने गरेको उहाँले बताउनु भयो । स्थानीय तहको सीमिति श्रोत र साधन हुँदा चाहेर पनि विद्यालयलाई सहयोग गर्न नसक्ने अवस्थामा रहेको सभामुख घर्तीले बताउँदै प्रदेश सरकारले नपाउने र केन्द्र सरकारले चासो नदिँदा विद्यालय शिक्षा धरापमा परेको टिप्पणी गर्नुभयो ।
यस्तै प्रदेश सभाका सदस्य जमुना ढकालले बुटवल वडा नं। ११ सबै भन्दा बढि मतदाता भएको वडा भएपनि शिक्षा र विकासले पछाडी परेको गुनाशो पोख्नुभयो । प्रगती माविमा देखिएको समस्या सामाधानको लागि प्रदेश सकारको तर्फबाट सहयोग गर्ने उहाँले बताउनुभयो । प्रगत माध्यमिक विद्यालयका अध्यक्ष जित बहादुर मल्लले विद्यालय २५ वर्ष प्रवेशको अवसरमा सप्ताहा ब्यापी कार्यक्रमको आयोजना गर्दै रजत महोत्सव संचालन गरिएको जानकारी दिनुभयो ।










