पाल्पा–जिल्लाको तानसेन नगरपालिका–११ का ९ महिनाका बालक सिर्जम बिष्ट संसारमै दुर्लभ मानिने रोग स्पाइनल मस्क्युलर अर्थोफि रोगबाट ग्रसित भएका छन ।
तानसेन नगरपालिका–११ घर भई हाल तिलोत्तमा बस्दै आएका आमा सिर्जना भट्टराई बिस्ट र बुवा महेन्द्र बिष्टका ९ महिना पुगेका छोरा सिर्जम बिष्टको स्पाइनल मस्क्युलर अर्थोफि रोगबाट ग्रसित भएका हो ।
वंशाणुगत रूपमा लाग्ने यो रोग लागेपछि उपचारका लागि करौडो लाग्ने गर्दछ । यो रोग लागे पछि मांसपेशीहरू कमजोरी हुने गर्दछ । जस्ले गर्दा असक्तता,मेरूदण्डको स्कोसिसमा समस्या र फोक्सोको कार्यमा अवरोध भई स्वासप्रस्वासमा समस्या हुने गर्दछ ।
महेन्द्र बिष्टका ९ महिना पुगेका छोरा सिर्जम बिष्टको उपचारका लागि झण्डै ७ लाख रकम खर्च भई सकेको छ । उपचारका लागि नेपालका विभिन्न अस्पताल हुँदै भारत सम्म पुगेर परिक्षण गर्दा स्पाइनल मस्क्युलर एर्थोपि रोग देखा परेको महेन्द्र बिष्टले बताउनुभयो । अस्पतालका अनुसार संसारका धेरै कम मानिसहरूमा यो रोग देखा पर्ने र उपचारका लागि करिब २६ करोड खर्च लाग्ने बताउनुभयो ।
बच्चा जन्मिदा सामान्य नै भए पनि जन्मिएको करिब ९ महिना सम्म पनि सामान्य बच्चा जस्तो बामे सर्ने,लडिबुडि गर्ने जस्ता कृयाकलाप गर्न सक्दैन । डाक्टर सल्लाहा अनुसार बच्चालाई १८ महिना भित्र जोजेन्सामा नामको खोप लगाउनुपर्ने बताउनुभयो ।
सबै जना देश तथा विदेशमा रहनुभएका दाजुभाइ तथा दिदी बहिनिहरूको सानो सानो सहयोगले छोरा सिर्जमको उपचारमा थप राहत हुने भएकाले सहयोग गरिदिनुहुन अनुरोध गर्नुभएको छ ।
९ महिने बालककाे उपचारका आर्थिक सहयोग गरिदिनु अपिल गर्दछाै । सहयोग गर्न चाहानेहरुले फाेन नम्बर आमा सिर्जना बिष्ट 9849907505,बुवा महेन्द्र बिष्ट 9847101478 लाई सम्पर्क गरिदिनुहुन अनुराेध छ ।











