पाल्पा- पाल्पाको माथागढ़ी गाउँपालिकादेखि रुपन्देहीको देवदह जोड्ने गिद्धे भीरमा टिप्पर दुर्घटना भएको छ ।
दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । देवदहको खैरेनीदेखि पाल्पाको माथागढी बालुवा लिएर जादैं गरेको लु. २ ख ४५०९ नम्बरको टिप्पर विपरीत दिशाबाट आउँदै गरेको सवारीलाई साइड दिने क्रममा बिहिवार बेलुकी ८:३० बजे सडकबाट ३०० मिटर तल खसेको प्रहरी चौकी खैरेनीका इन्चार्ज डाक्टर प्रसाद चौधरीले जानकारी दिए ।
दुर्घटनामा परि मृत्यु हुनेमा माथागढ़ी गाउँपालिका ६ रहबासका ३५ वर्षीय भिमिसरा सारु र दुई वर्षीय पर्सला सारु रहेका छन् । टिप्पर चालक र मृतक पर्सलाकी आमा २२ वर्षीय सृजना सारुको देवदह मेडिकल कलेज भलुहीमा उपचार भैरहेको छ । टिपर चालकको नाम खुल्न नसकेको र उनको अवस्था गम्भीर रहेको र घाइते सारुको अवस्था मध्यम रहेको इन्चार्ज चौधरीले जानकारी दिए ।










