पाल्पा–जिल्लाको माथागढी गाउँपालिका–१ चिदीपानीमा अनौठो गुफा भेटिएको छ। गुफाको राजापहाड गुफा भनेर नामाकरण गरिएको छ ।
राजापहाड गुफा हालसालै मात्र स्थानियहरुले पत्ता लगाएका हुन् । यो गुफा माथागढी १ गाउँपालिका–१को (सिद्धार्थ राजमार्ग) अन्र्तगत धैरेनी नजिकै पर्दछ । यस गुफासम्म जान सिद्धार्थ राजमार्गको धैरेनी देखि १० मिनेटको पैदल यात्रामा पुग्न सकिन्छ ।
हाल यस गुफा सम्म पुग्ने बाटो केही कठिन भएता पनि यहाँ सम्म पुग्ने बाटो सहज र सरल बनाउने योजना रहेको माथागढी गाउँपालिका–१, चिदीपानीका वडा अध्यक्ष राज कुमार पन्थीले जानकारी दिनु भएको छ । यस गुफामा पौराणीककालमा भगवान राम सिताले समेत बासबसेको किम्बदन्ती रहेको स्थानिय जानकारहरु बताउछन् ।













