पाल्पा – जिल्लाको माथागढी गाउँपालिकाको वडा नं. १ चिदीपानीमा वडा कार्यालयको भवन निर्माण कार्य तिब्र गतिमा भएको छ । माथागढी गाउँपालिका वडा नं १ चिदिपानीको वडा कार्यालयको प्रशासकीय भवनको सिलान्यास भएको छ । चिदीपानीमा अघिल्लो कार्यकालमा भवन बनाउने चर्चा भएता पनि स्थान र बजेट अभावले रोकिएको थियो ।
नयाँ जनप्रतिनिधि आएपछि भौतिक स्थान र बजेटको सुनिश्चितता गरेर भवन निर्माणको थालनी भएको वडा अध्यक्ष राजकुमार पन्थीले बताउनुभयो । उहाँले गतवर्ष टेन्डर गरिएको भवनको लागि ठेकेदार सम्पर्कमा नआएपछि केही ढिलो काम सुरु भएको तर आफूले ठेकेदारलाई पटक पटक ताकेता गरेर कामको थालानी गराएको अहिले तिब्र गतिमा काम भइरहेको छ अब केही दिन दोस्रो ढलान हुने पन्थी बताउनुभयो ।उहाँले आफ्नो चुनावी प्रतिवद्धता अनुसारको काममा दैनिक रुपमा सक्रिय भएर लागेको लामो समय देखी पुरानो भवनवाट सेवा सुविधा दिदै आएको वडा कार्यालयले अवको केही समय पछि भने नवर्निमित भवनवाट सेवा दिन पाउने छ । निर्माणाधिन वडा कार्यालय भवनको निर्माण कार्य सकिने बित्तिकै अव छिट्टै नयाँभवनवाट सेवा दिनवडाध्यक्ष राजकुमार पन्थीले जानकारी दिनुभयो ।













