पाल्पा– दुर्गा देवि सामाजिक उद्दमी महिला कृषि सहकारी सस्था लिमिटेड रामपुर २ पाल्पाको आठौ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । सहकारी सस्था अध्यक्ष विजु घिमिरिको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिका वडा न २ का वडाध्यक्ष कृष्ण बहादुर दर्जिले उद्घाटन गर्नु भएको थियो।
कार्यक्रममा सहकारी सस्था अध्यक्ष बिजु घिमिरेले अध्यक्षको प्रतिबेदन र कोशाध्यक्ष रुकामणि जिसिले २ करोड ८३ लाख २२ हजार ४ सय सत्तचालिस रुँपैया बराबरको आम्दानी खर्च सुनाउनु भएको थियो।उहाँले महिलाहरुले सन्चालन गरेको सहकारीले बाख्रा पालन र मासु उत्पादन, सहुलियतमा रासायनिक मल बिक्रि, कृषि यम्बुलेन्स सन्चालन जस्ता नमुना काम गरेको बताउदै उदेश्य केन्द्रित हुन आग्रह गर्नु भएको छ ।
कार्यक्रममा जेष्ठ शेयर सदस्य चनसरि नेपाली सहित १ सय ७० केजि भन्दा बढी खसिको मासु बिक्रि गर्ने १८ जना शेयर सदस्य र जिल्ला सहकारी सघ सदस्य इश्वरी देवि खनाललाई फुलमाला, दोसल्ला र नगद राशी सहित सम्मान गरिएको हो।२०७२ सालमा स्थापना भएको सहकारीमा ३ सय ५४ जना महिला शेयर सदस्य रहेका छन् ।
अधिवेशनले नयाँ नेतृत्वमा अध्यक्ष विजु घिमिरे ,उपाध्यक्ष हरि माया अधिकारी सचिव शोभा जिसि ,कोषाध्क्ष बिष्नुमाया थापा, सदस्य लोक माया थापा ,निर्मला थापा ,धन माया थापा, लक्ष्मि जिसि ,धनमाया कुमाललाई सर्ब सहमतिमा चयन गरेको छ ।












