अर्घाखाँची जिल्लाको भुमिका स्थान नगरपालिका वडा न ४ धारापानीमा अवस्थित श्री वीरेन्द्र आधारभूत विद्यालयको ४४ औँ वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न भएको छ । वि.स २०३६ सालमा स्थापना भएको विद्यालयले वार्षिकोत्सब मनाएको हो । कार्यक्रमको उद्घाटन भुमिकास्थान नगरपालिका प्रमुख झविलालथापाले गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका थापालेअहिले शिक्षा प्रणालीलाई समय अनुकुल बनाई व्यवहारिक बनाउन आवश्यक रहेको बताउनुभएको छ । उहाँले देशका तिनै तहका सरकारले यस बिषयमा छलफल र बहस गर्न आवश्यक रहेको बताउनुभयो । देशको जनशक्ति बिदेश तिर नै बढी पलायन भएको भन्दै शिक्षा लाई अगाडी बढाउन शिक्षकको मात्रै काम नभै अभिभावकको पनि रहेको बताउनुभयो ।
विशेष अतिथि समेत रहनु भएका न.पा शिक्षा शाखा अधिकृत तुवलाल सापकोटाले मन्तव्य राख्ने क्रममा गाउँ रित्तियको बजार मुखी भएको ,विधार्थी संख्या न्यून रहेको साथै धेरै समय सम्म विधालय व्यवस्थापन समिती गठन हुन नसकेको र बढी राजनैतिक चलखेल भएको ,अभिभावकले स्कुल संङै आफ्नो बाल बच्चामा त्यति ध्यान नदिएको ,सामाजिक संजालको सहि सदुपयोग गर्न नसकेको कुरामा जोड दिनुभयो।
कार्यक्रममा विद्यालयका प्राध्यानाध्यापक गोविन्द बहादुर खड्काले ६४ लाख २९ हजार ६ सय ५२ रूपैयाँ बराबरको वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुति गर्नु भएको थियो । कार्यक्रममा गरिव जेहेन्दार विद्यार्थीहरुलाई पोसाक वितरण गर्नुका साथै चन्दादाता तथा अक्षयकोष दाताहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा अध्यक्षले हाम्रो विधालयले अर्घाखाँचीमा एक छुट्टै पहिचान बोकेको हुनाले यस्को समग्र विकासका लागि सबै अग्रसर भइ लाग्नु पर्ने बताउनुभयो । विद्यालयमा विद्यार्थीको सङ्ख्या वृद्धि गर्ने,विद्यार्थीहरूलाई दिवा खाजा वृद्धि गराउन लागि पहल गर्ने विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर वृद्धिका लागि बिशेष योजनाका साथ अगाडि बढ्नु पर्ने बताउनुभयो ।












