पाल्पा- पाल्पाको तानसेनमा शुक्रबार दिउँशो १ बजेतिर रुपन्देही जिल्ला खैरहनी घर भएका २१ वर्षका साजन दमाइ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
तानसेन–५, कैलाशनगरस्थित खानेपानीको मोटर राख्ने घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सन्तोष चन्दले बताउनुभयो। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको उहाँले बताउनुभयो ।












