दियालो सामाजिक महिला उद्यमी सहकारीको आठौं बार्षिक साधारणसभा एब तेस्रो अधिबेशन सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि एवंम रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले महिलालाइ सहकारीले गोलबन्द गर्दै आएको बताउनु भएको छ । उहाँ आफु पनि महिला सहकारीको सदस्य रहेको जनाउदै आर्थिक सामाजिक रुपमा अगाडि आउन सहकारीले मार्ग प्रसस्त गरेको बताउनु भएको छ । उहाँले सहकारीले बाख्रा उत्पादन गर्दै आएकोमा अझ बढी उत्पादन गरेर समृद्ध बन्ने बताउनु भयो ।
कार्यक्रममा दर्छा क्याम्पसका प्राचार्य पशुपति खनालले महिला र महिला सहकारी नङ र मासुको जस्तो सम्बन्ध रहेको बताउदै सहकारीलाई उत्पादनसंग जोड्न सकिएन भने थप समस्या उत्पन्न हुन्छ, उत्पादन र बजारको पहुँच सम्म सहकारी र स्थानीय सरकारले सघाउनुपर्ने बताउनुभयो । “सहकारीलाई उत्पादन संग जोड्न सकेनौ भने हाम्रो प्रगति हुन सक्दैन । उहाँले सहकारीका शेयर सदस्यहरुलाई उत्पादन सदस्य कसरी बन्ने भन्ने सोचका साथ अगाडी बढ्न आग्रह गर्नुभयो ।
सहकारीले हाल सम्म १ करोड ३२ लाख बराबरको कारोबार गरेको सहकारीका अध्यक्ष इश्वरी खनालले प्रतिबेदनमा प्रस्तुत गर्नु भएको छ । उहाँका अनुसार '' महिला सहकारीले ग्रामीण भेगका महिलाको आयाआर्जनमा सहयोग पुर्याउदै बचत गर्ने बानि बसालेको छ''। उहाँले हाल सहकारीमा ३३० शेयर सदस्य रहेको बताउनु भयो ।
कार्यक्रममा धेरै बाख्रा बेच्ने ज्ञानु थापालाई प्रमाणपत्र दोसल्ला र नगतले सम्मान गरीएको हो । कार्यक्रम सहकारीका अध्यक्ष इश्वरीको अध्यक्षता सस्थाका उपाध्यक्ष डिलमाया रानाको स्वागत र सचिब रमा थापाको सञ्चालनमा सम्पन्न भएको हो ।













