पाल्पा-जिल्लाको रैनादेवीछहरा गाउँपालिका–२, सोमादीकाे सिजी सिमेन्ट उद्योगमा स्थानीयले तालाबन्दी गरेका छन् । विभिन्न माग पूरा नगरेको भन्दै स्थानीय बासिन्दाले शनिबार उद्योगको प्रशासन कक्षमा तालाबन्दी गरेका हुन् ।
उद्योगले वातावरण प्रदुषण बढाएको, कामदारले सबत्र फोहोर गरेको, धुँवा उडेकाे स्थानीय बासिन्दाकाे आरोप छ । स्थानीय बासिन्दाले प्रदुषण नहुने वातावरण उद्योगले बनाउनुपर्ने, उद्योगका कर्मचारीबाट हुने गरेको फोहोर गर्न रोक्नुपर्ने माग गर्दै आएका छन् ।
उद्योगलाई पटक–पटक सचेत गर्दासमेत अटेर गरेपछि तालाबन्दी गर्न बाध्य भएको स्थानीय बासिन्दाले बताएका छन् ।













