पाल्पा- निस्दी ३ झिरुवास पाल्पा श्याम बहादुर पल्ली को घर जलेर नस्ट भएको छ । दिउँसो १२ बजेर १५ मिनेटको समयमा अचानक घरमा आगो लागेको र घर जलेर टोप बहादुर पल्ली र हेमसरी पल्लिकी ९ महिनाको दुधे बालिका दिपसना पल्ली जलेर मृत्यु भएको छ । घरमा रहेको सबै सामान पुर्णरुपमा जलेर नस्ट भएको छ ।
घर खरले छाएको हुदा आगोलाई नियन्त्रण गरि उद्धार गर्न नसकेको स्थानीयहरु बताउछन् ।
घरमा मृतक छोरी र दुई साना छोरा राखेर परिवार मेला जदा घर जलेको पल्लीका परिवारले बताउनु भयो ।
घटना को कारण घरको भान्सामा बालेको आगो सल्केर घटना हुन गएको अनुमान छ तर बिस्तृत जानकारी आउन बाकी ।












