
रुपन्देहीको सैनामैनामा मंसिर ६ गतेदेखि सञ्चालन हुने छैठौं राष्ट्रिय कृषि,पर्यटन, प्रविधि तथा औद्योगिक ब्यापार महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
‘आर्थिक विकासको राष्ट्रिय आधार : कृषि, पर्यटन, उद्योग र व्यापार’ नाराका साथ सैनामैना उद्योग बाणिज्य संघले सैनामैनाको मुर्गियामा चोकस्थित दुर्गा मन्दिर पसिरमा सञ्चालन हुने मेलाको आवश्यक तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । मंसिर १७ गतेसम्म सञ्चालन हुने मेलामा औद्योगिक उत्पादन, कृषि, हस्तकला, पर्यटन, सूचना प्रविधिका दुई सय बढी स्टल रहने आयोजकले सोमबार पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । मेलामा ३ लाख ५० हजार दर्शकलाई अवलोकन गराउने र अन्दाजी ५ करोडको कारोबार हुने आयोजक संस्थाका अध्यक्ष प्रेमबहादुर खड्काले जानकारी दिए । मेलाले शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउन र स्थानीय उत्पादनको बजार प्रवद्र्धनमा टेवा पुराउने अपेक्षा गरिएको अध्यक्ष खड्काले बताए ।
मेलाले उद्योगी व्यवसायीहरुमा स्वच्छ व्यावसायीक प्रतिस्पर्धाको वातावरण सिर्जना गराई लगानीको अवसर सिर्जना गर्ने, निकासीयोग्य वस्तुहरुको पहिचान र प्रवद्र्धनमा सहयोग पुर्याउने र स्थानीय स्तरमा विभिन्न रोजगारीका अवसरहरुको सिर्जना गर्ने खडकाले बताए । मेलाले स्थानीय कला संस्कृति, पर्यटकीय स्थलहरु, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक क्षेत्रको चिनारी र विभिन्न भेषभुषा र लोक संस्कृतिको जगेर्ना गर्न समेत योगदान गर्ने संघका महासचिव लोकनाथ अधिकारीले बताए । मेला सम्पन्न गर्न सैनामैना नगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश, लगायतले सहकार्य गरेका आयोजकले जनाएका छन् ।
महोत्सवका आकर्षणहरुमा सैनामैनाको विविधता झल्काउने झाँकीसहितको बृहत शोभायात्रा,सैनामैनाका आदिवासीहरुको रहन सहन, भेषभुषा र प्रदर्शनी,सैनामैना भित्र रहेका धार्मिक, पुरातात्विक एवं पर्यटकीय स्थल झल्काउने लघु उद्यान, हरेक दिन मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमका साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति, स्थानीय, राष्ट्रिय एवं अन्र्तराष्ट्रिय उत्पादित वस्तु तथा सेवाहरुको बृहत व्यापार मेला,च. समसामायिक विषयमा राष्ट्रिय स्तरको व्यवसायिक गोष्ठी तथा सेमिनार,सेल्फी जोनको व्यवस्था,स्थानीय कलाकारद्वारा सृजित मूर्तिकला, हस्तकला तथा हस्तकला प्रदर्शनी, पर्यटन प्रवद्र्धन सम्बन्धी विविध कार्यक्रम, क्रेता,बिक्रेताबीच अन्र्तक्रियात्मक , छैठौँ सैनामैना डान्सिङ्ग आइडल, मम्मी डान्स प्रतियोगिता, नगर स्तरीय विद्यालय लोक नृत्य प्रतियोगिता,कृषि सामग्री प्रदर्शनी , कन्सर्ट तथा डिजेको व्यवस्था , आइटम डान्स,विभिन्न जातजातीका जातीय परिकार (सेलरोटी, पकौडा, बटुक, घोङ्गी माछा तथा अन्य परिकार), बाल उद्यान, द. जिल्ला स्तरीय लोकदोहोरी प्रतियोगिता, भजन तथा र्याप प्रतियोगिता, सूचना प्रविधि तथा शिक्षा, इलेक्ट्रिकल्स, अटो, कृषि, पोल्टी, रेष्टुरेन्ट, आकर्षक बगैंचा, संस्कृति प्रवद्र्धन आदि रहने वरिष्ठ उपाध्यक्ष दीपक अधिकारीले जानकारी दिए ।