
सुमन कार्की
पाल्पा,१८असोज
पछिल्लो समय पारी ठूली भिर बोलको गीतले सर्वाधिक चर्चा वटुल्न सफल बनेका सर्जक तथा गायक राजन कार्कीले फेरी नयाँ गीतको भिडियो बजारमा ल्याएका छन् ।
भर्खर मात्र डिजिटल बजारमा सार्वजनिक भएको कार्कीको नयाँ गीत फूल राम्रो लाउनीलाई पनि दर्शकले निकै मन् पराएका छन् । गीतमा पछिल्लो समय भाइरल बनीरहेकी गायीका सीम्रन परियारले स्वरमा कार्कीलाई साथ दिएकी छन् । गीतलाई कार्कीले आफ्नै युटुव च्यानल मार्फत बजारमा ल्याएका हुन् । गीत आउनासाथ सामाजिक संजाल देखि टिक टक सम्म चर्चा बटुल्न थालेको छ ।
कार्कीको आफ्नै लय सिर्जना रहेको गीतमा निश्चल दवाडीले शब्द लेखेका छन् । मनोहर भण्डारीको निर्देशनमा गीतको छायाँकन राजन राईले गरेका हुन । भिडियोमा राजन कार्की र करिश्मा मगरको अभिनय देख्न सकिन्छ। जसरी आमा दर्शक स्रोताहरुले पारी ठुली भीरलाई माया दिनुभएको छ त्यसरी नै यो गीतले पनि सवैको माया पाउने आशा गरेको गायक तथा सर्जक राजन कार्कीले वताए ।
भिडियो हेर्न यहाँ थिच्नुहोस् .
https://www.youtube.com/watch?v=0TjHoImZ8jo