
असोज ५ ,पाल्पा
सुमन कार्की ।
स्याङ्जाली लोकप्रिय युवा सर्जक तथा गायक राजन कार्की को संगीत र स्वर रहेको मौलिक लोक तथा दोहोरी गीत ‘पारी ठुली भिर’सार्वजनिक भए सगै लाखौ दर्शको चर्चा बटुल्न सफल भएको छ । गीतको भिडियो सर्जक सुन्दर हमालको युटुव मार्फत मंगलवार डिजिटल बजारमा आएको थियो । गीतमा कार्कीलाई गायिका सिम्रन परियारले स्वरम साथ दिएकी छन् । नेपाली पनको दिने खालको शब्दहरुको प्रयोग गरिएकोले पनि आम दर्शक स्रोताहरुले गीत मनपराउनु भएको कार्कीले बताउनु भयो । गीत सार्वजनिक भए सगैँ सामाजिक सञ्जालमा मात्र नभै पछिल्लो समय सवैले प्रयोग गर्ने टिक टकमा एक छत्र छाएको छ ।
मौलिक लोक लयमा आधारित गीतको भिडियोमा मायालु जोडि विचको प्रेम कथालाई चित्रण गरिएको छ । सन्जय राईको छायाँकन ,अमृत चापागाईँको सम्पादन तथा मनोहर भण्डारीको निर्देशन भिडियोमा रहेको छ। गीतको भिडियोमा चर्चित हाँस्य कलाकारको रुपमा परिचित बेगम नेपाली र मोडल स्मारिका ढकालको सशक्त अभिनय देख्न सकिन्छ । कार्कीले आप्mनै गाँउको भिरको नामवाट गीतको शिर्षक ‘पारी ठुली भिर’ राखेका हुन् । राजन कार्कीले यस अगी गाएका तथा सङित गरेका गितहरु निकै लोक प्रिय बनेका छन् । बुद्द खेल्ने आगन मेरो, मेरि आमा आउदिनन फर्केर, वारि दरौ सालैजो , पान खायो मायाले चुना हालेर, सुर्ती माडेर,तिमी सङ नजर जुधाइ, चाड बाडम, पुतली रेलैमा, कसम तिमी हौ दिलमा, फर्किदैन बगेको खोला, उखुम भयोनि, खोलिमा खेलेको माछी, मायाको हाइ हाइ लगायत थुप्रै गित हरु बजारमा चर्चित छन् ।
https://www.youtube.com/watch?v=s5BkzJa4Lfg