

बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आगामी असोज ३ गते देखि नेपाली लुगा घर सञ्चालनमा आउने भएको हो ।
नेपाली लुगा घरले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालमै उत्पादित अन्तर्राष्टि गुणस्तरका पहिरन सुपथ मुल्यमा ग्राहक सम्म सिधा पुराउने उद्देश्यले नेपाली लुगा घर सञ्चालन गर्न लागेको बताएको छ ।
नेपाली लुगा घरका सञ्चालक प्रकाश भुसालले उद्योग देखि सोझै ग्राहकको शरिर सम्म कपडा पुराउने नेपाली लुगा घरको मुख्य उद्देश्य रहेको बताए ।
नेपाली लुगा घरको असोज ३ गते देखि ६ गते सम्म उद्घाटन कार्यक्रमका साथ फुड फेस्टिवल र गजल साझ समेत हुने उनले बताए ।
नेपाली लुगा घरमा देशका ६ वटा ब्राण्डका लेडिज, जेन्स र बच्चाका सवै प्रकारका कपडा उपलब्ध हुने उनको भनाई छ ।
साढे २ करोडको लगानीमा सञ्चालनमा आउन लागेको नेपाली लुगा घरले उद्घाटनको अवसरमा १ रुपैयामा १ हजार जनालाई सेण्डो प्रदान गर्ने योजना पनि बनाएको छ ।
असोज ३ गते देखि ६ गते सम्म लुगा घर उद्घाटनकै अवसरमा गजल सांझ समेत हुनेछ । गजल सांझमा बुद्ध राना, प्रकाश बस्नेत ९गफाडी० सुदेस सत्याल, कविराज पौडेल, विष्णु पोखरेल, लिलाधर पाण्डे र खेमप्रसाद गुरुङको प्रस्तुती रहेनछ ।