पाल्पा,२५ भदौ
माथागढी –१, चिदीपानीमा वडा स्तरीय तीज गीत प्रतियोगीता सम्पन्न भएको छ । सोमवार माथागढी १ चिदीपानीमा महिला उत्थान समन्वय समितिले अयोजना गरेको खुल्ला तीज गीत प्रतियोगितामा स्वास्थ्य नवजागृती महिला समूह प्रथम स्थान, सौभाग्य माध्यमिक विद्यालय द्वितीय स्थान, ज्ञानोदय आधारभुत विद्यालय तृतिय स्थान र प्रगतीशिल महिला समूहले सान्त्वना स्थान हासिल गरेका थिए ।
कार्यक्रममा वडा भित्रका २३ समूहहरुको सहभागीता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी माथागढी –१, चिदीपानीका वडा अध्यक्ष राजकुमार पन्थी र महिला उत्थान समन्वय समितीका अध्यक्ष सिता गिरीले विजयीहरुलाई नगद सहित प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
प्रतियोगीतामा वडा कार्यलयले वडाभित्र भएका बिकास र सेवा प्रवाह समेटेर गीत गाएका थिए । तीज गीतकै माध्यमवाट वडाले गरेका काम र आगामी दिनमा गर्नु पर्ने कामहरुलाई गीत मार्फत कार्यक्रममा उपस्थीत सवैले जान्न र सुन्न पाएका थिए ।
गीतमार्फत वडाले गरेका विकास निमार्णका काम र गर्नुपर्ने कामलाई सुझावको रुपमा सुन्न र जान्न पाएकामो खुशीलागेको कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष राजकुमार पन्थीले वताउनु भयो । आफ्ना वडा वासीहरुमा आफुले आँसु होइन खुशीको महशुस गराउने हेरक किसिमका पहलहरु गर्ने पन्थीले वताउनु भयो । पन्थीले अगामी दिनमा चिदीपानीको सौभाग्य मा.वि.लाई नमुना विद्यालयको रुपमा अगाढी लैजाने,वडा कार्यालयल देखि पालिका सम्मको स्तरीय पहुच मार्ग निमार्ण गर्ने कार्यक्रम रहेको वताउनु भयो ।
प्रतियोगीतामा निणायकको भुमिकामा नृत्य निर्देशक तथा मोडल कमल गाहा र कलाकार तथा पत्रकार सन्तोष बस्यालले गरेका थिए । कार्यक्रम महिला उत्थान समन्वय समितीका अध्यक्ष सिता गिरीको अध्यक्षता तथा मेनुका थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।