

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मिडियाले गाउँ केन्द्रित मुद्धा उठाउनुपर्ने बताउनु भएको छ । पत्रकारले नेताका मात्रै समाचार होइन समाजका हरेक मुद्धालाइ ,विश्लेषण गरेर खोज अनुसन्धानमुलक समाचारहरु लेख्नपर्ने उहाँको भनाइ छ ।
रुपन्देहीको बुटवलबाट संचालित बुद्ध सामुदायिक टेलिभिजनको १५ औँ बार्षिकोत्सव तथा तीज बिशेष समारोहलाइ उद्घाटन गर्दै उहाँले मिडियाले सबैलाइ सहि बाटो देखाउनुपर्ने उल्लेख गर्नुभयो । ‘अबको पत्रकारिता गाउँ ,रोजगार केन्द्रीत गरौँ,तपाँइहरु,गुल्मीको गुँड, पाल्पाको ढाकाको लेख्दिनुस्,किसान मजदुरका एजेण्डा उठाउनुस् । ’ उहाँले भन्नुभयो —‘हरेक चीजको प्रचारप्रसार र ब्राण्डिङमा मिडियाको रोल रहन्छ । ’ उहाँले सरकारलाइ सहि बाटोमा हिडाउँन सहि आलोचना गर्न आग्रह गर्दै सरकार हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउनु भयो ।
प्रदेश सरकारले मिडियालाई सकारात्मक रुपमा हेरेको बताउँदै प्रदेशको विकास र समृद्धिको लागि रचनात्मक भूमिकामा रहन मिडियालाई आग्रह गर्नु भयो । उहाँले भन्नुभयो–‘आफ्ना घर अगाडिको बाटो बने सरकारले राम्रो गरेको हुने ,नत्र नहुने यस्तो परम्परा छ ,अब बिकासको मोडल बदल्नुपर्ने छ ,बिकास भनेको बाटो मात्रै होईन ,आर्थिक तथा मानवीय बिकास पनि हो । ’ चौधरीले बुटवललाई आर्थिक राजधानी बनाउन कन्सेप्ट पेपर बनाएर ल्याउन बुटवल उपमहानगरपालिकालाइ आग्रह समेत गर्नु भयो । चौधरीले मुलुकको आर्थिक विकास विना युवा पलायन रोक्न नसकिने बताउदै युवा पलायन रोक्नको लागि पनि आर्थिक विकास गर्नुपर्ने र त्यसको लागि औद्योगिक विकास गरी रोजगारी सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले समुदायको लगानीमा संचालित टेलिभिजन सबैको माया र स्नेहले १५ बर्ष पार गरेको बताउनु भयो । बुटवल उपमहानगरपालिकाका अध्यक्ष खेलराज पाण्डेले बुटवलको विकासको लागि प्रदेश सरकारबाट सहयोगको आशा व्यक्त गर्नु भयो । कार्यक्रममा सो अबसरमा प्रदेशका पूर्व मन्त्री सांसद भोजप्रसाद श्रेष्ठले प्रदेशसभाले नयाँ प्रहरी ऐन र निजामती एन ल्याएको भन्दै सरकार मिडियामैत्री बन्नुपर्ने बताउनुभयो । प्रदेश सांसद जमुना ढकालले मिडियाहरु सन्तुलित समाचार दिनुपर्ने बताउँदै तीजमा चेलीबेटीले संस्कृति मनाउन होटल जाँदा पनि समाजले बिरोध गरेको भन्दै आपत्ती जनाउनु भयो ।
कांग्रेस केन्द्रिय सदस्य गंगा शाही, टेलिभिजनका सल्लाहकार रामचन्द्र ढकाल ,पूर्व अध्यक्षहरु बेनबहादुर पौडेल क्षेत्री,पृथबहादुर फौदार,उपाध्यक्ष गोपाल ज्ञवाली ,संचालन सदस्य रणबहादुर खनाल,सुकुम्बासी समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्री, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे,बुटवल उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ,लगायतले बोल्दै टेलिभिजनले जनताको मुद्धा बोकेर अघि बढ्नुपर्ने धारणा राख्नु भएको थियो ।
कार्यक्रममा कलाकार शिलु भट्टराइ,दामोदर बस्याल,सपना गाहा,दुर्गा नेपाल,बसन्त लम्साल,रितु थापा,समीक्षा गैरे,लालमाया थापा मगर,बिनोद बिष्ट लगायतका कलाकारले प्रस्तुती दिएको कार्यक्रम संचालक खेमराज रेग्मीले बताउनु भयो ।