सामाजिक र खेलकुद गतिविधिमा अग्रसर बुटवलको राधाकृष्ण युवा क्लबले रक्तदान कार्यक्रम गरेको छ । शनिबार क्लबको भवनमा नियमित कार्यक्रम अन्तरगत १३ औ रक्तदान गरेको हो । एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं ६ का वडाअध्यक्ष लोकनाथ न्यौपानेले रक्तदातालाई ब्लड बैक हस्तान्तरण गरि रक्तदान सुभारम्भ गरे । समाज रुपान्तरणमा युवाको भुमिका महत्वपूर्ण हुने भन्दै बुटवलमा राधाकृष्ण क्लबको आफ्नै पहिचान रहेको बताए । स्थानिय सरकार सधै युवाहरुको अभियानमा साथ रहने उनले बताए ।
नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा क्लबको भवनमा शनिबार आयोजना गरिएको कार्यक्रममा ५० युनिट रगत संकलन भएको संयोजक शंकर परियारले बताए ।
कार्यक्रममा क्लबका अध्यक्ष सानू बरालले युवाहरुलाई युवा पुस्ताको सोच, नया नेपालको खोज नारासहित सामाजिक गतिविधिमा युवाहरु संस्थागत रुपमा अग्रसर रहेको बताए । युवाको अग्रसरतामा समाज सुधार गर्ने मुख्य लक्ष्यसहित क्लबको अगुवाईमा टोल सरसफाई, विभिन्न पर्वहरुमा सास्कृतिक कार्यक्रम, लागू औषध रोकथाममा सचेतनाका कार्यक्रमहरु गर्दै आएको उनले बताए । रगत अभावको बेला उपयोगी हुनेगरि कार्यक्रम गरिएको उनले बताए ।
कार्यक्रममा क्लबका सचिव राजकुमार भट्टराई, सदस्य सुमीत खनालले नमुना कामकै कारण क्लबको पहिचान बनेको भन्दै यसमा समाजसेवीहरुको निरन्तर साथसहयोग महत्वपूर्ण हुने गरेको बताए ।