बुटवलमा मिशन ग्रुप नेपालको प्रथम अधिवेशन तथा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । भुमलाल श्रेष्ठको अध्यक्षतामा १० जनाको नयाँ कार्य समिति चयन भएको हो । जसको उपाध्यक्षमा भगवती पन्थी, सचिवमा सन्तोष नाउ रहेका छन । मिशन महिला समुहको सोही अवसरमा तिज मिलन कार्यक्रमको आयोजना समेत गरिएको हो ।
बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको विकासको लागि संघसंस्थाले सहयोग गर्नुपर्ने बताउनु भयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका उहाँले सामाजिक संघसंस्थाले सामाजिक कामलाई निरन्तरता दिनको लागि जोड दिनुभयो ।
ग्रुपका अध्यक्ष भुमलाल श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री , राजेन्द्र ढकाल,मन्जु भुषाल,दिल कुमारी भट्टराई , धन कुमारी बस्याल, सन्तोष नाउ , वीर वहादुर कुवर, सुशील कर्ण लगायतले बोलेका थिए ।











