

पाल्पा– जिल्लाको रामपुर नगरपालिका भित्रका गाई गोरुलाई लम्की स्किन रोग बिरुद्धको खोप लगाइएको छ । रामपुर नगरपालिकाका वडा नं २ मा गाई गोरुमा
लम्की स्किन रोगको संकेत देखा परेको थियो । नगरपालिकाले महामारीको रुपमा फैलिएको लम्की स्किन रोगबाट बचाउन १ सय ५० वटा गाई,गोरुलाई लम्की स्किन रोग बिरुद्धको खोप लगाएको वडाध्यक्ष कृष्ण बहादुर दर्जीले जानकारी दिनुभयो । जिल्ला भेटेनरी तथा पशु विज्ञ केन्द्र पाल्पाले लम्की स्किन बिरुद्धको खोप सहयोग गरेपछि ना।प्र।से।प्रा। उपेन्द्र कुमार पण्डित पशु प्राबिधिक डोलराज पाठकले वडामा खोप लगाएको हो । वडाध्यक्ष कृष्ण बहादुर दर्जी, सदस्य शिव शंकर र खेम बहादुर कुमाल सहितका जनप्रतिनिधि प्राबिधिक सहित घर घरमा पुगेर लम्कि स्किन रोग बिरुद्धको खोप लगाउने अभियान सुरु गरेको हो ।