

पाल्पा- बिगत का बर्ष देखिनै आफ्नो सामाजिक कार्यक्षेत्र बनाएर आउनुभएका जापानीज समाजसेवी ओके बाजे ले तानसेन १० नयाँपाटीमा रहेको प्रजातन्त्र आधारभूत विधालयलाइ सहयोग गर्नुभएको छ । ओके बाजे ले बिधालयमा सन्जयकोष तथा विभिन्न सामग्रीहरू (टेबुल, कुर्चि , बिधार्थीलाई स्कुल टार्क ) र बिधालयको भान्छा घर निर्माणमा पनि सहयोग पुर्याउनु भएको बिधालयका प्रधानाध्यापक रामकृष्ण पछाइ ले बताउनुभएको छ। आज पुन ओके बाजे स्वयम् उपस्थित भइ बिधार्थीलाइ कपि कलम गरि ४६०० रकमको सामग्री सहयोग गर्नु भएको छ ।
ओके बाजेले प्रजातन्त्र प्रा.वि मा मात्र नभई नेपालका बिभिन्न बिधालयका विधार्थीहरुलाई सहयोग गर्दै आउनु भएकाे छ।