भदौ १०,पाल्पा ।
पाल्पा गुल्मी सडक खण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पाल्पा गुल्मी सडक खण्डको अर्गली स्थित पुरानो गाउँमा जोर्ते देखि अर्गली तर्फ जाँदै गरेको लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल एक्कासी अनियन्त्रीत भई भित्तामा ठोक्किएर दुर्घटना भएको हो।
मोटरसाइकल सवार २ जना मध्ये चालकको उपचारको क्रममा मृत्यु भएको र पछाडी सवार अर्का एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
दुर्घटनामा सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर २ का अन्दाजी ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको हो । दुर्घटनापछि प्रहरी चौकी अर्गलीले उदार गरी उपचारकोलागी तानसेन स्तित युनाइटेड मिसन अस्पतालमा पठाएकोमा चिकित्सकले नरेश घर्तीलाई मृत घोषणा गरेका थिए।
यस्तै मोटरसाइकलको पछाडी सवार नवल परासी श्रवल गाउँपालिका १ का २८ वर्षीय प्रकाश थारु घाइते भएको प्रहरीले जनाएको छ। घाइते थारुको मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।
मोटरसाइकल गएराति साढे १ बजे दुर्घटना भएको थियोे । दुर्घटना बारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पालपाले जनाएको छ।













