बासुदेव ढकाल रामपुर भाद्र ७
पाल्पा- पाल्पाको रामपुरमा पबित्र धार्मिक स्थल टापुधाममा बाहृ लाख बाहृ हजार आठ सय अठासी शिबलिङ्ग स्थापना तथा रोट महोत्सव हुने भएको छ । रामपुर नगरपालिकाको सभाहलमा पत्रकार भेटघाट कार्यक्रम गरि पबित्र धार्मिक स्थल काली गण्डकीको तटमा रहेको टापुधाममा यही भाद्र ११ र १२ गते हुने आयोजकले जानकारी गराएको हो । भौगोलिक रुपमा सुन्दर र आध्यामिक हिसावले दिब्य टापुधाममा अधिक मास मलमास शिव मासको अवसरमा हुने महोत्समा शिवलिङ्ग स्थापना र शिव प्रसाद रोट चढाउने प्रथाको सुरु गर्ने आयोजकले जनाएको छ ।
भूमि राष्ट गुरु स्वायोगी नरहरी नाथको प्रिय चेली नरदेवी नाथदेखि गोरक्ष जागरण अभियानका संयोजक ,इतिहास विद र आयुर्वेद विज्ञ बलभद्र नाथजी महाराज र डा.योगी दयानाथजीको नियमित साधना केन्द्र टापुधाममा धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न यो महोत्सव आयोजना गरेको महोत्सव मूल आयोजक समितिका संयोजक एबं रामपुर नगरपालिकाका नगर प्रबक्त कपिल बहादुर खाँणले पत्रकार भेटघाटमा जानकारी दिए ।
रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा अभियान्ता एबँ पण्डित अग्नि सम्शेर शाहले कालीगण्डकी नदी तट, कालीगण्डकीमा पाइने शालीग्राम, यहाँका धार्मिक मठ मन्दिर र भौगोलिक अवस्था शिव भक्त, शिव आरधानाको लागि अतिनै सम्भावना युक्त ठाउँ, रहेको दिब्य भुमीमा यस्तो धार्मिक महोत्सव गर्न लागेकोले सहयोग गर्न आग्रह गर्नु भएको हो । उहाँले भदौ ११ गते काठमाडौंबाट शिवलिङ्ग ल्याएर पुजा आरधना, प्राण प्रतिस्ठा साथमा सँकृतन गरिने र भदौ १२ गते बिहान पुजा आरधना, ११ बजेदेखि प्रवचनात्मक औपचारिक कार्यक्रम गरि उपप्राद्यापक डाक्टर रामप्रसाद पौडेलबाट समापन गरिने बताउनुभयो ।
रामपुरमा क्रियाशिल पत्रकार, राजनीतिक दलका प्रमुख तथा जनप्रतिनिधि, राष्टसेवक कर्मचारी सरोकारवाला पक्षको समेत सहभागीतामा सम्पन्न भएको कार्यक्रमको संचालन रामपुर नगरपालिकाका प्रेस संयोजक दानु हिस्कि मगरले गर्नुभएको थियो ।
टापुधामको धार्मिक पर्यटनको विकासको लागि रामपुरमा १००८ शालिकराम संग्रालय स्थापना गरेको छ ।













