गुल्मी
डर लाग्ने तर खान को लागि असाध्यै मीठो हुने अरिङ्गाल किरा को व्यावसायिक सुरुवात गरेका छन् गुल्मीका एक युवाले ।
रूरू गाउपालिका ३ का युवा कमल घर्ती ले आफुले टिकटक मा देखेको भरमा यो व्यावसाय थालेको बताए ।रुरु गा. पा ३ थानपति ओखलढुङ्गाका घर्तिले आफ्नो घर अघिको बारिमा अरिङ्गालको गोला पालिरहेका छन्।उनले रातिको समयमा जंगलमा रहेका अरिङ्गालको गोलालाइ रुखको हाँगा सहित काटेर ल्याइ घर अघिको रुखमा झुण्डाएर पाल्ने गरेका छन्।अहिले उनिसंग १२ वटा अरिङ्गालको गोलाहरु रहेको छ। यो काम निकै जोखिम पुर्ण रहेपनि यसले भने आम्दानिको श्रोत राम्रै हुने भन्दै घर्तिले आगामी बर्ष देखि यो व्यावसाय बढाउदै जाने बताए ।
यसको लार्भा लाइ रिडी तथा आसपासको बजारहरुमा प्रति माना १००० रुपैयामा बिक्रि गर्ने गरेको भन्दै बजार मा पनि कुनै समस्या नरहेको बताए ।












