उच्च अदालत तुल्सीपुर, बुटवल इजालसले आर्थिक वर्ष ०७०।०८० मा जम्मा ६०.३२ प्रतिशत मुद्वा फछ्यौट गरेको छ । अदालतले बिहीबार अदालत परिसरमा पत्रकार सम्मेलन गरी एक वर्षको अवधीमा ६०.३२ प्रतिशत मुद्वा फछ्यौट भएको जानकारी गराएको हो । २०८० असार मसान्त सम्ममा अदालतमा परेका मुद्वाका विवरण र फछ्यौट भएका नभएका मुद्वाहरुको प्रगतिबारे अदालतका रजिष्टार अच्युत कुइकेलले जानकारी गराउनु भएको हो । उच्च अदालत तुल्सीपुर, बुटवल इजालसले एक वर्षको अवधीमा २३ सय ४६ वटा मुद्वा फछ्यौट भएको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । २०७८।०७९ मा १६ सय ५३ वटा मुद्वा फछ्यौट हुन बांकी रहेका थिए, भने नयां दर्ता २१ सय २२ गरी ३७ सय ७५ वटा मुद्वामा जम्मा २३ सय ४६ वटा मुद्वा फछ्यौट भएको जानकारी गराईएको छ । वार्षिक पछ्यौट २४ सय ५४ वटा मुद्वा फछ्यौट गर्ने उच्च अदालत तुल्सीपुर, बुटवल इजालसको लक्षय भएपनि लक्ष्य पुरा हुन नसकेको रजिष्टार अच्युत कुइकेलले जानकारी गराउनु भयो । रजिष्टार अच्युत कुइकेलका अनुसार आर्थिक वर्ष ०७०।०८० मा दर्ता भएका मुद्वामध्य फछ्यौट हुन १५ सय ४३ वटा मुद्वा बांकी रहेका छन् । सोही पत्रकार सम्मेलनमा बोल्दै उच्च अदालत तुल्सीपुर, बुटवल इजालसका न्यायधिश नित्यानन्द पाण्डेयले अदालतमा मुद्वाहरुको संख्या बढेको बताउनु भयो । उहांले कार्यसम्पादनमा कमी नभएपनि प्रत्येक अदालतमा संख्यात्मक रुपले मुद्वाहरु बढ्दै गएको बताउनु भयो ।














