

पाल्पा-श्री ताल्तुङ्ग मा.वि.ले एसईई उतिर्ण विद्यार्थीलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले २०७९ सालको एसईई परीक्षामा सहभागी १३ जना विद्यार्थीलाई बधाई ज्ञापन सहित सम्मान गरेको हो।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितीका अध्यक्ष टेक बहादुर बगाले, शिक्षक अबिभावक संघ का अध्यक्ष दान बहादुर कामी विद्यालय,भैरव नदिप मा वि का शिक्षक दामोदर पोखरेल लगाएतले बोल्दै गुणस्तरीय शिक्षा, शिक्षण सिकाइकालागी आवश्यक पर्ने सुविधा सम्पन्न भवन, खेल मैदान, लगाएत र उत्कृष्ट शिक्षकहरुले अध्यायन अध्यापन गराइन विद्यालयमा आगामि दिन पढन सुझाव दिनुभयो।
सोहि अवसरमा विद्यार्थी को तर्फ बाट बोल्दै सुशिल बि क ले विद्यार्थीको सफलतामा शिक्षकहरुको पनि ठुलो योगदान रहेको भन्दै शिक्षक तथा विद्यालयलाई धन्यवाद व्यक्त गरेका थियो। उनलेब विद्यालयलाई आगामी दिनमा पनि अहिले अग्राणी स्थान मा कायम राखिराख्न विद्यार्थी लाई अनुरोध गरेका थिए ।
कार्यक्रममा शैक्षिकसत्र २०७९ मा जम्मा १३ जना विद्यार्थी रहेकोमा गाउपालिका मा नै उत्कृष्ट नतिजा ल्याएकोमा विद्यार्थीहरुलाई विद्यालयका प्रधानाध्यापक रिता राना ले बधाई साथै धन्यवाद दिनु भयो।
कार्यक्रम विद्यालयका बि.व्य.स.का अध्यक्ष टेकराज बगाले को अध्यक्षता शिक्षक चिन्त बहादुर बगाले को स्वागत र शिक्षक लोकनाथ बस्याल को संचालनमा भएको थियो।