रुपन्देहीको नयाँगाउँ माबिले माध्यमिक शिक्षा परिक्षा (एसईई) मा उत्कृष्ट नतिजा निकालेको छ ।
जिल्लाका संस्थागत बिद्यालयहरुलाई पछि पार्दै बुटवल १२ मा रहेको नयाँगाउँ माध्यमिक बिद्यालयले नतिजा सुधार्दै शतप्रतिशत बिद्यार्थी उत्रिण बनाएको हो । आज प्रकाशित एसईईको नतिजामा २ जनाको ३.९५ जीपीएसहित उत्कृष्ट नतिजा निकालेको माबिका प्रधानाध्यापक पुरुषोत्तम भट्टराइले जानकारी दिनुभयो ।
उहाँले हामी यसपाली जिल्लामा सर्बोत्कृष्ट भयौँ,१२७ जना सहभागि मध्ये सबै उत्कृष्ट भए भने २ जनाले ३.९५ जीपीए ल्याएका छन् ,हाम्रो रिजल्टमा हामी धेरै खुशी छौँ । -उहाँले भन्नुभयो ।
बजार केन्द्रित ठूला भनिएका बिद्यालयको तुलनामा हामी कुनै हिसाबले कमी छैनौँ भन्ने प्रमाण यसपटकको इसईईको नजिजा बाट समेत पुष्टि भएको उहाँको भनाई छ ।
यसपटक माबिबाट एसईईमा १२७ जना सहभागि रहेका थिए ।













