बुटवल - बुटवलमा जारी लुम्बिनी प्रदेश अन्तर माबि भलिबल प्रतियोगिताको छात्र/छात्रा दुबै विधामा उपाधि जित्दै न्यु होराईजन मा वि च्याम्पियन भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय भलिबल विभागको आयोजनामा रामनगर स्थित कालिका मानव ज्ञान माबिको खेल मैदानमा छात्र तर्फको फाईनलमा न्यु होराईजनले मणिमुकुन्द कलेजलाई ३—० को सेटमा पराजित गरेको हो । छात्रा तर्फको फाईनलमा न्यु होराइजन मा वि ले एभरेष्ट बोर्डिङ स्कुललाई ३—२ को सेटमा जित निकाल्दै च्याम्पियन भएको हो ।
उपाधिसंगै छात्र÷छात्रा न्यु होराईजन टिम जनही नगद ७० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो ।
यसैगरि उपविजेतामा चित्त बुझाएको मणिमुकुन्द र एभेरेष्ट भने नगद ५० हजार, कप, मेडल, प्रमाणपत्र बाट पुरस्कत भयो । प्रतियोगितामा छात्रतर्फ सेन जोसेफ र छात्रातर्फ कुवरवर्ती माबि तेस्रो हुदै नगद ३० हजारसहित मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । प्रतियोगितामा छात्रतर्फ १२ र छात्रातर्फ ७ टिमले भाग लिएका छन ।
एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेबी अर्याल, मदन भण्डारी स्र्पोटस एकेडेमीका केन्द्रिय अध्यक्ष धु्रव आचार्य, प्याब्सनका केन्द्रिय सल्लाहकार लोकनाथ उपाध्यायले विजेता, उपविजेता टिमलाई पुरस्कार वितरण गरेका थिए ।













