असार १८ अर्घाखाँची
अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका वार्ड नम्बर ३ मथुरामा अस्थायीरूपमा बिगत २ महिना देखि बस्दै आएका गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वार्ड नम्बर ३ बस्ने २६ वर्षका बिमल महतको करेन्ट लागेर मृत्यु भएको छ।
हिजो राती करिब १०:४५ बजे अंरिगाल पोलेर फर्किने क्रममा छत्रदेब गाउँपालिका वार्ड नम्बर ३ मथुराका केशब खनालले बंदेललाई थापेको विद्युतिय पासोमा परेर बिमल महतको उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।













