पाल्पा
जिल्ला को तानसेन नगरपालिका वडा नम्बर १३ छेर्लुङ्ग मा बिगत दुई दिन देखि परेको अविरल वर्षा ले एक परिवार लाई उठिवास नै लगाएको छ भने केही खेती योग्य जग्गा बगर मा परिणत बनाएको छ ।
गत चैत्र मा मात्र सम्पन्न गरि परिवार सङ्गै नयाँ घरमा खुसियाली साथ बस्न थालेका ता.न.पा छेर्लुङ्ग का स्थानीय फर्सुराम भट्टराई को दुई तले सिमेन्टेड घर पुरै भत्किदा सबै सपना चकनाचुर हुनु को साथै उठिबास नै बनाएको छ । कालीगण्डकी कोरिडोर बिस्तार को क्रममा पुरानो घर भत्काउनु परेकोले केही जोहो गरि बनाएको घर पनि दैवीप्रकोप ले भत्काइदिए पछि अब ठुलै समस्या आइपरेको भट्टराई कि श्रीमति सावित्रा ले बताउनु भयो ।














