पाल्पा, असार १७
पाल्पा को तानसेन मा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकार जनमुखी भएको बताउदै प्रदेश सरकारले सबै नागरिकको गुनासो सुनेर बजेट विनियोजन गरि विपन्न नागरिकलाई स्वरोजगार र जनता को स्तर वृद्धि बनाउनेतर्फ आफ्नो नेतृत्वको सरकार लागी परेको बताउनुभयो ।
मुख्यमन्त्री चौधरीले प्रदेशको प्रमुख लक्ष्य समृद्धि हासिल गर्ने भएको हुँदा त्यसको लागी नागरिकको आर्थिक स्तर वृद्धिबाट नै सम्भब रहेको धारणा राख्नुभयो । त्यसैले जनताको स्तर उन्नति को लागि प्रदेश सरकारले रोजगार दिने संस्था र व्यक्तिलाई सहयोग गर्नेगरी नीति तथा कार्यक्रम र बजेट बिनियोजन गरेको बताउनुभयो । महिला, दलित तथा तल्लो तहसम्मको नागरिकको जीवनस्तरमा सुधार हुन नसक्दासम्म देशको विकास सम्भव नभएको बताउदै मुख्यमन्त्री चौधरीले आर्थिक विकास कार्यक्रम माफर्त स्थानीय तहसंगको समन्वयमा कार्य गर्ने उहाँले धारणा राख्नुभयो ।













