

असार ११, बुटवल उपमहानगरपालिकाले आर्थिक बर्ष २०८०र०८१ का लागि २ अर्ब ३६ करोड ५४ लाख बराबरको बजेट ल्याएको छ ।
हिजो दिउँसो बसेको १३ औं नगर सभाको बैठकमा उपप्रमुख सावित्रा देवी अर्यालले बजेट प्रस्तुत गरेकि हुन् ।बजेटमा शिक्षा र स्वास्थ्यलाई मुख प्राथमिकतामा राख्दै कृषि,पर्यटन ,रोजगार,उद्योग,ब्यापारजस्ता क्षेत्र को समुन्नतिमा जोड दिइएको छ ।त्यस्तै बजेटमा उज्यालो बुटवल,सफा,सुन्दर,हरियाली सहितको सुरक्षित र समुन्नत शहरको रूपमा विकास गर्ने लगायतका कार्यक्रम समावेश गरिएको छ ।