

पाल्पा -जिल्लाको माथागढी गाउपालिकाले मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रको सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत प्रअ, लेखा शिक्षक, शिक्षकलाई तालिम दिइएको हो ।
पालिका भित्रका विद्यालयलाई सूचना प्रविधिमार्फत सिस्टममा लैजाने योजनामा रहेकाे बताउदै कार्यक्रम का प्रमुख अतिथी तथा पालिका अध्यक्ष यमबहादुर चिदिले शिक्षण सिकाइ क्रियालापमा सूचना प्रविधिकाे महत्व बढी रहेकाे र देश विकासको दक्ष जनशक्ति उत्पादन गर्ने विद्यालयको शैक्षिक, भौतिक र समग्र सुधारमा पालिकाले योजना बनाएको र सोही अनुसार कार्य गर्न शिक्षकहरुलाई निर्देशन दिनुभयो ।
स्रोत र साधन हुँदा हुँदै पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किदै गएको तर्फ चिन्ता व्यक्त गर्दै अध्यक्ष चिदीले शैक्षिक नतिजा वृद्धि र गुणस्तर अभिवृद्धिमा सूचना प्रविधि तालिमले सहयोग गर्ने बताउनुभयो । यस्तै उपाध्यक्ष विष्णुमाया लुङ्चेले शिक्षकले सूचना प्रविधि, इमिस, कर्मचारी संचयकोष, नागरिक लगानी जस्ता दैनिक जीवनमा प्रयोग हुने र अतिउपयोगी तालिम भएकाले सबैले निरन्तरता सीप सिकेर विद्यालयमा गएर अरुलाई समेत सिकाउन सक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले सीप सिक्नुमात्रै ठूलाे कुरा नभएर व्यवहारमा उतारेमा सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयाे । उहाँले गाउँपालिकाले २ वर्षमा २ कराेड बढीकाे लगानी सूचना प्रविधिकाे क्षेत्रमा गरेकाे बताउनुभयाे । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका सदस्य नारायण न्याैपाने मुख्यमन्त्रि शैक्षिक सुधार कार्यक्रम पाल्पाकाे संयाेजक शुशिला गाहा लगायतले तालिममा सिकेकाे सीपलाइ व्यवहारकमा ल्याउनुपर्ने बताउनुभयाे । प्रशिक्षार्थी भीम बहादुर थापा र शाेभा कडरियाले तालिम अत्यान्तै प्रभावकारी रहेकाे र अन्य दिनमा समेत यस्तै तालिम र तालिमलाइ थप सुविधाहरु दिनुपर्ने बताउनुभयाे । तालिममा प्रशिक्षक जीवन आचार्य यादव परियार र अर्जुन कार्कीलेले सूचना प्रविधि, इमिस, कर्मचारी संचयकोष, नागरिक लगानी अनलाइन दर्ताको सम्बन्धमा सहजिकरण गर्नुभएकाे थियाे । कार्यक्रममा शिक्षा संयोजक प्रेम बहादुर बारघरेले शिक्षकले सिकेको सीपलाई व्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो । तालिम जेठ ३१ देखि सुरु भइ आज समापन भएको हो ।