पाल्पा । तानसेन नगरपालिका–१ भुसलडाँडावाट नगद सहित १० जुवाडे पक्राउ परेका छन् । आइतवार दिउँसो ६६ हजार भन्दा बढी जगद सहित १० जनालाई प्रहरीले जुवा खेलीरहेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीले भुसलडाँडाको रेसुङ्गा ताल्तुङ्ग होटल रहेको घरको तेस्रो तलबाट जुवाडेहरुलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ६६ हजार ८ सय २५ रकम समेत बरामद गरेको हो ।
प्रहरीले गोप्य सुचनाको आधारमा खोज तलास गर्ने क्रममा कोठाभित्र जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
जुवामा संलग्नहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय पाल्पाबाट मुलुकी अपराध संहिता २०७४ दफा १२५ बमोजिम म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाईएको जिल्ला पहरी कार्यालय पाल्पाले जानकारी गराएको छ। जुवाडेको नाम भने जिल्ला प्रहरी कार्यालयले खुलाएको छैन् ।













