असार ४, पाल्पा तिनाउ गा.पा.५ चरचरे स्थित भित्री सडक चिउरे बाट ढुङ्गा बोकी बुटवल तर्फ जादै गरेको हाईवो गाडी टिपरहरु चेक जाचँ गर्दा ३वटा टिपरहरुले अवैध रुपमा बिना रोयल्टी ढुङ्गा बोकेको पाईएको र टिपरहरुलाई नियन्त्रणमा लिई कार्वाहीको लागी तिनाउ गाउँपालिकाको कार्यलयमा बुझाईएको छ ।
अवैध रुपमा ढुङ्गा निकासी गदै आएका गाडीहरुलाई नियन्त्रणमा लिएर कानुनी कारवाहीको प्रक्रिया अगाडी बढाइएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए । उनका अनुसार ति गाडीहरुलाई जरिवाना लिइने छ । गाउँपालिकाको अनुगमन टोलीले झुम्सा खानेपानी आयोजना अन्तर्गतका निर्माण व्यवसायी बाट अर्को एउटा एक्स्काभेटरको चाबीसमेत नियन्त्रणमा लिएको अध्यक्ष श्रेष्ठले बताए ।
अहिलेसम्म नदि तथा खोलाहरुमा अवैध नदि दोहन भइरहेको सूचना तथा जानकारी नआएको जिल्ला समन्वयन समितीका प्रमुख टंकनाथ खनालले बताए । अहिलो त्यस्तो कुनै गुनासो तथा जानकारी आएको छैन , तिनाउ खोलामा केही अवैध ढुङ्गा निकालिएको भन्ने छ ,त्यस विषयमा हामीले स्थानीय सरकारलाई तत्काल अनुसन्धान गरेर कारवाही गर्न भनेका छौ, उनले भने यदी कोही कतै अवैध रुपमा नदि रखोलामा दोहन भेटिए अनुगमन गरेर कारवाही गछौँ । उनले जानकारी नभएको भने पनि जिल्ला रामपुर , निस्दी , तिनाउ लगायतका क्षेत्रमा दोहन भइरहेको स्थानीयहरुको गुनासो छ ।













